सामुदायिक समृद्धि तिर कदम चालौं


कुनैपनि समुदायको विकास त्यो समुदायको क्रियाशील जनशक्तिमा प्रत्यक्ष निर्भर हुन्छ । त्यो जनशक्तिले आफ्नो समुदायको लागि गर्ने हरेक प्रकारको सहयोगले आफू र समग्र समाजको उन्नतीमा टेवा पु¥याइरहेका हुन्छन । हाम्रो छिमेकी देश भारतका जैन(मारवाडी) र पन्जाबी समुदाय यसका जिवन्त उदहारण हुन्, जो आजको समयमा विश्वमै जनसंख्याले सबैभन्दा बढी जनघनत्व भएर आर्थिक र सामाजिक दुवै रुपले सक्षम र सम्पन्न समुदायमा गनिन्छन् ।
हाम्रो थारु समुदाय पनि प्रगतिशिल नभएको भने होइन । आफ्नै सँस्कृति, पहिचान, भाषा, पहिरन, पेशा र सामाजिक परिवेशमा धनि रहेको थारु समुदायजस्तो धरातलसँग जोडिएको नेपालमा मात्र नभई विश्वमै अर्को कुनै समुदाय विरलै होला । तर बिगत केहि समयदेखि हाम्रो समुदायले आफ्नो पहिचान गुमाउँदै गएको र बाटो बिराएको छ । यो साह्रै चिन्तनको विषय हो र हाम्रो समुदायले यस विषयलाई गम्भीरतापूर्वक लिई आफ्नो समुदायको पहिचानलाई जोगाउनतिर तत्काल लागिहाल्नु पर्ने अवस्था आएको छ ।
पूरै समुदायको पहिचान जोगाउने विषय साधारण कार्य होइन तर असम्भव पनि छैन्, बस समय लाग्छ । आउनुहोस् हामी सबैजना एकजुट हौं र सामुदायिक समृद्धितिर कदम चालौं । जो जहाँ छौं त्यहीबाट शुरु गरौं । यहि थारु कल्याणकारिणी सभाको प्लेटफर्मबाट सहयोगको हातहरु अगाडी बढाऔं । वि.सं. २००५ मा स्थापना भएको थारु कल्याणकारिणी सभाको मुख्य उद्देश्य पनि यहि नै हो ।
आफ्नो क्षमता र अनुभव अनुसार हामीले हाम्रो समुदायको लागि गर्नसक्ने सहयोगको लागि कदम चाल्न शुरुवात गरौं । हामी सबैजना मिलि आफ्नो जिम्मेवारी र कर्तव्यहरू पूरा गरौं, छलफलका विषयहरु उजागर गरौं, सकारात्मक र रचनात्मक बहस गरौं । सक्छौं भने, आर्थिक बचत कोष खडा गरौं (रु १ प्रति व्यक्ति प्रति महिना) । गन्तव्यमा अवश्य पुग्ने छौं ।
धन्यबाद ।

देवेन्द्र चौधरी, समाजसेवी, थारु कल्याणकारिणी सभा, रामग्राम न.पा., सदस्य
1
पश्चिम नवलपरासीमा पहिलो पटक थारु समुदायको अर्धवार्षिक पत्रिका विमोचन

1 Comment

Leave a Reply to A WordPress Commenter Cancel reply

Your email address will not be published. Required fields are marked *