पश्चिम नवलपरासीमा पहिलो पटक थारु समुदायको अर्धवार्षिक पत्रिका विमोचन

पश्चिम नवलपरासीमा पहिलो पटक थारु समुदायको अर्धवार्षिक पत्रिका विमोचन भएको छ ।


थारु समुदायको महान पर्व माघि तथा थारु सम्वत् २६४६ को अवसरमा पहिलो पटक थारु कम्यूनिटी नामक  पत्रिका आइतबार एक कार्यक्रमका बीच विमोचन भएको छ । थारु कल्याणकारिणी सभा पश्चिम नवलपरासी र थारु कम्यूनिटीको आयोजनामा पत्रिकाको विमोचन भएको हो । कार्यक्रम सरावल गाउँपालिका वाड नं। २ को जनता मा।वि विद्यालय मनरीमा गरिएको थियो। 
पुस्तक विमोचन थारु कम्यूनिटीका संयोजक डोल कुमारी चौधरीको अध्यक्षता तथा पूर्व शिक्षा राज्यमन्त्री गोविन्द चौधरीको प्रमुख आतिथ्यमा भएको थियो ।

विमोचन कार्यकम्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि चौधरीले संस्कृति,पहिचान,भाषा,पहिरन,पेशा,लिपि र सामाजिक परिवेशमा धनिरहेको थारु समुदाय हो । यो समुदायको धराताल सगँ जोडिएको नेपालमा मात्र नभइ विश्वमै अर्को कुनै समुदाय विरलैहोला । विगत केहि समयदेखि हाम्र समुदायले अफ्नो पहिचान गुमाउँदैे गइरहेका वहाले चिन्ता जनाउनुभएको थियो ।  थारु समुदायका ति धरोहरहरुलाइजिवित बनाउन हाम्रा सन्ततिहरुकालागि पुस्ता हस्तान्त्रण गर्न गम्भिरतापुर्वक लिन जरुरी रहेको बताउदै वहाले यसको निम्ति एतिहासिक पहिचानलाई जोगाउन लेख,रचना आवस्यक रहेकोे बताउनुभयो । समापन समारोहमा बोल्दै संयोजक चौधरीले थारुहरुको पहिचानलाई जिवन्त राख्न तथा पुस्ताहस्तान्त्रणको लागि पहिलो कोसिस र सुरुवात गरेको हो । पश्चिम नवलपरासीमा पहिलो पटक थारुसमुदायको अर्धवार्षिक प्रत्रिका प्रकाशन भएको छ । यस्का लागि हातेमालो गर्दै सबैको साथ र सहयोगको अवस्यक्ता रहेको वहाले बताउनुभयो । 
कार्यक्रममा सरावल गाउँपालिका पुर्व  अध्यक्ष राधेश्याम चौधरी,सरावल गाउँपलिकाका अध्यक्ष,सुखाडि प्रसाद चौधरी , आदिवासी जनजातिका पूर्व जिल्ला अध्यक्ष तथा थारु कल्याणकारिणी सभाका केन्द्रिय पार्षद देवराज चौधरी,थाकस पूव पार्षद कृष्णदत्त थारु,थाकस जिल्ला सल्लाकार चेतनरायण राय, थकस केन्द्रिय पार्षद एवं पुर्व जिल्ला उपाध्यक्ष जितराम पंजियार,थाकस जिल्ला अध्यक्ष मुनिद्रका प्रसाद चौधरी,थाकस जिल्ला उपाध्यक्ष बालगोविन्द चौधरी, थाकस जिल्ला सचिव कन्हिया प्रसाद चौधरी , थाकस, जिल्ला सदस्य रामचन्द्र चौधरी , थाकस रामगा्रम नगर अध्यक्ष गोपाल चौधरी , थारु कम्यूनिटिका सदस्य एव थकस पूर्व जिल्ला सदस्य संजिव चौधरी , समाज सेजि तथा शिक्षक केश्वराज चौधरी लागाएको सहभागिता रहेको गियो ।

कार्यक्रममा स्वागत मन्तवय थाकस रामग्रा पूर्व नगर अध्यक्ष तथा थारु कम्यिूनिटीका सदस्य देबेन्द्रको चौधरी रहेको थियो भने कार्यक्रम सञ्चालन थारु कल्याणकारिणी महिला सभा पूर्व केन्द्रिय महिला सदस्य एव थारु कम्यिूनिटी सदस्य मन्जु चौधरीले गर्नु भएको थियो ।

0
थारु कम्युनिटी पत्रिका अंक १ खरिद गरि सहयोग गर्ने दाता हरुको नामावली सामुदायिक समृद्धि तिर कदम चालौं

No Comments

No comments yet

Leave a Reply

Your email address will not be published. Required fields are marked *